पहिरो खसेपछि मुग्लिन–नौबिसे सडक अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, ३० भदौ २०७८, ०८ : ११
पहिरो खसेपछि मुग्लिन–नौबिसे सडक अवरुद्ध

चितवन । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस