त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ करोड बढी मूल्यको सुन बरामद

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, २१ : १९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ करोड बढी मूल्यको सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ करोड बढी मूल्यको सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट अवैध सुन बरामद भएको हो । 

आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा बोध राज भण्डारी र  मुरारी राज अधिकारी साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको सुनका जहना बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस