सङ्खुवासभा सामूहिक हत्याकाण्ड

हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ, भोलि सार्वजनिक गर्ने तयारी

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १० : ३८
हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ, भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गर्दै प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । 

पक्राउ परेकाको पहिचान खुलाउन प्रहरीले चाहेको छैन। हत्याकाण्डमा संलग्न अन्यको पनि पहिचान खुल्न सक्ने भएकाले प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन् । संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटनाको सुक्ष्म अनुसन्धान र छानबिनको क्रममा आशंका गरेका केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 

गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो।

उक्त हत्याकाण्डमा बुद्धमानका छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो। घटना भएको छ दिनसम्म प्रहरीले गरेको अनुसन्धान करिब करिब अन्तिम चरणमा पुगेको बताईएको छ । उक्त घटनाको अनुसन्धानमा सिआइबीको टोली खटिएको छ।

प्रतिक्रिया दिनुहोस