सभापति देउवाद्वारा केन्द्रीय निर्वाचन संयोजक यादवको राजीनामा अस्वीकृत

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १० : २९
सभापति देउवाद्वारा केन्द्रीय निर्वाचन संयोजक यादवको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत गरेका छन् ।

यादवले देउवा समक्ष भदौ २३ मा राजीनामा बुझाएका थिए । कांग्रेस सचिवालयका अनुसार सभापति देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका हुन् । साथै देउवाले यादवलाई महाधिवेशन सम्बन्धी बाँकी काममा लाग्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस