एमसिसीकी उपाध्यक्ष सुमार र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १९ : २०
एमसिसीकी उपाध्यक्ष सुमार र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्। शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी हुन्।

प्रधानमन्त्री देउवाले ट्विटरमा तस्वीर सार्वजनिक गर्दै भेटघाट भएको जानकारी दिएका हुन्। भेटमा उनीहरूले एमसिसीबारे आआफ्नो धारणा राखेका थिए। साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्। 

यसअघि उपाध्यक्ष सुमारले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूलाई भेटेकी थिइन्।

प्रतिक्रिया दिनुहोस