भाइबरद्वारा आधिकारिक रुपमा भाइबर लेन्सहरुको सुरुवात, भाइबर प्लेटफर्ममा एआर लेन्सहरु सुचारु हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १३ : ५४
भाइबरद्वारा आधिकारिक रुपमा भाइबर लेन्सहरुको सुरुवात, भाइबर प्लेटफर्ममा एआर लेन्सहरु सुचारु हुँदै

काठमाडौं । निःशुल्क र सहज संचार आदान प्रदानको लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले भाद्र २४ गते सम्पन्न एक भव्य भर्चुअल समारोहसँगै नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरुका निम्ति बहुप्रतिक्षित भाइबर लेन्स फिचर आफ्नो मेसेजिंग प्लेटफर्ममा सुरुवात गरेको छ । यो फिचर नेपाल, भिएतनाम र फिलिपिन्स सहित APAC  क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो । भाइबर लेन्स फिचर स्न्याप आइएनसी. को सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरि तयार गरिएको छ । यस फिचरबाट प्रयोगकर्ताहरुले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तक्रियात्मक संवादहरु गर्न सकिने छ  ।

प्रवर्तन समारोहमा भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन् । कम्पनीले कम्तिमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ र व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्ने छन् । नेपालमा भाइबर लेन्सहरु iOS (Viber version 15.5=5 b] देखि माथिका) मा र Android (Viber version 15.8.0.15 देखि माथिका) मा उपलब्ध छन् । लोकल लेन्सहरु? Viber version 16.0  बाट शुरु भएर माथि सबैमा उपलब्ध छन् ।

नयाँ भाइबर फिचरमा इन्सटेन्ट अग्मेन्टेद रियालिटी (एआर) समावेश गरिएको छ जसले वास्तविक वातावरणको अझ बढी अन्तरक्रियात्मक अनुभव आफ्नै औलामा प्रदान गर्दछ । सँगसँगै ध्यान आकृष्ट गर्ने फिल्टरहरु, रमाइला मास्कहरु, सौन्दर्ययुक्त फिचरहरु र अनुकुलन–योग्य बिटमोजी क्यारेक्टरहरु हुनेछन् । भाइबर प्रयोगकर्ताहरुले क्यामरा आइकन ट्याप गरि सहजै आफ्ना फोटो तथा भिडियोहरुमा भएका लेन्सहरु प्रयोग गरि यी फिचरहरु प्रयोग गर्न सकिने छ  ।

भाइबरमा आफ्नै लोकल लेन्स सुरुवात गर्न गइरहेको नेपाल र भुटानका लागि कोकाकोलाकाको देश निर्देशक, आदर्श अवस्थीले भनेका छन्, “कोकाकोला र भाइबरले हात मिलाएर अद्वितीय, रमाईलो र प्रासंगिक लेन्सहरु ल्याउँदै छन् जसले कोकाकोलाले झैं भाइबर प्रयोगकर्ताहरुको लागि उत्साह ल्याउने छ र सबैको कुराकानी ताजा गर्नेछ।”

“भाइबरका लागि नेपाल एक महत्वपूर्ण बजार हो”, APAC का लागि भाइबरका वरिष्ठ निर्देशक डेविड त्सेले भने, “हामीले नेपालमा धेरै सहकार्यहरु गरेका छौँ र अरु धेरै नविन फिचरहरु ल्याएर भाइबरलाई अझ धेरै रमाइलो र नेपाली प्रयोगकर्ताहरुका लागि उपयोगी बनाउन हामी उत्सुक छौँ । यो फिचर हाम्रा नेपाली प्रयोगकर्ताहरुका हरेक दिनको च्याट र सम्पर्कलाई विशेष बनाउनका लागि थप गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस