प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि एमालेको अवरोध कायमै

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १३ : २९
प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि एमालेको अवरोध कायमै

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि अवरोध कायमै राखेको छ । एमाले सांसदहरूले गैरसांसदहरूको उपस्थिति भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरिरहेका छन् ।

सभामुख अग्नि सापकोटाले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकोले पटक-पटक अवरोध गर्नु उचित नभएको भन्दै बैठक संचालनमा सहयोग गर्न अनुरोध गरिरहेका छन् । जनताका समस्या उठाउन अन्य प्रतिनिधिले समय दिन आग्रह गरेको भन्दै उनले सभा संचालनमा सहयोग गर्न आग्रह गरे ।यसअघि २३ गतेको बैठक पनि एमालेले अवरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस