संसद बैठक अवरुद्ध गरेकोमा मोहन विक्रम सिंह नेतृत्वको मसाल गर्यो विरोध

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, ०८ : १९
संसद बैठक अवरुद्ध गरेकोमा मोहन विक्रम सिंह नेतृत्वको मसाल गर्यो विरोध

काठमाडौं । नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको भन्दै मोहन विक्रम सिंह नेतृत्वको मसालले विरोध गरेको छ । एमालेले पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबारको संसद बैठक अवरुद्ध गरेको थियो । 

तर,  मसालले एमालेले पहिलेका १४ जना सांसदहरूको प्रश्न उठाएर संसदलाई अवरोध गर्नु गलत भएको विज्ञप्तिमार्फत जनाएको छ ।  ‘एमालेको अहिलेको संसदको बैठकलाई अवरोध गर्ने कार्य संसदको २÷२ पल्ट विघटन गरेर संसदलाई असफल पार्ने जुन प्रयत्न गरिएको थियो, त्यही नीतिको नै निरन्तरता हो’, सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस