भीम रावलले भने– नेपालले लिनै नचाहेको अनुदान घरघरमा पुगेर दवाव किन ?

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १८ : ३९
भीम रावलले भने– नेपालले लिनै नचाहेको अनुदान घरघरमा पुगेर दवाव किन ?

काठमाडौँ । एमालेका उपाध्यक्ष भीम रावलले नेपालले लिनै नचाहेको अनुदान अमेरिकाले लिनका लागि घरघरमा पुगेर दवाव दिएको टिप्पणी गरेका छन् । बिहीवार साँझ एक ट्वीट गर्दै उपाध्यक्ष रावलले नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घरघर पुगेर दवाव दिनु दुखद् भएको बताए । 

उनले भनेका छन्, नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर९घर पुगेर दवाव दिने,कस्तो विडम्बना !
उनले संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने,सरकार परिवर्तन हुन लाग्दा त्यस्तै हुने समेत भनेका छन् । उनले थपेका छन्, हे आमा नेपाल नेताहरूलाई स्वाधीनता,स्वाभिमान र मर्यादाको सद्बुद्धि देउ !