रेल्वे ट्रयाकबाट पेस्तोलसहित गोली बरामद

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १६ : ५८
रेल्वे ट्रयाकबाट पेस्तोलसहित गोली बरामद

सर्लाही। सशस्त्र प्रहरीले सर्लाहीको लालबन्दीबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायब उपरिक्षक दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले आज लालबन्दी नगरपालिका–५ स्थित रेल्वे ट्रयाकबाट पेस्तोलसहित गोली बरामद गरेको हो ।

गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएका थिए ।मोटरसाइकल खानतलासी गर्दा झोलामा कपडाभित्र लुकाएर राखेको अवस्थामा एक थान पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद् भएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।

बरामद् भएको पेस्तोल र मोटरसाइकल थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस