वागमती प्रदेशसभामा नेकपा (एस) को संख्या १३ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १६ : १४
वागमती प्रदेशसभामा नेकपा (एस) को संख्या १३ पुग्यो

हेटौंडा । वागमती प्रदेशमा नेकपा (एस) को संख्या बढ्दै गइरहेको छ । यसैबीच नेकपा एमालेबाट निर्वाचित वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एस रोजेकी हुन् ।

समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेकी हुन् । उनको प्रवेशसँगै वागमती प्रदेशसभामा नेकपा एसका १३ जना सांसद पुगेका छन् ।

यसअघि राजेन्द्र पाण्डेसहित ११ सांसदले नेकपा एसको पक्षमा सनाखत गरिसकेका छन् । वागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब ४३ जना बाँकी रहेका छन् ।

एमालेले बहुमतसमेत प्रदेशसभाबाट गुमाइसकेको छ । नेकपा एस रोज्ने ज्ञवालीका पति रुद्र नेपाल एमालेनिकट कानून व्यवसायीहरूको संगठन पीपीएलएका अध्यक्ष हुन् । उनी भने पार्टी विभाजनको विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस