साथीकोे हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधरलाई जन्मकैद, निर्दोष दुई सैनिकको हकमा के हुन्छ ?

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १९ : ५७
साथीकोे हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधरलाई जन्मकैद, निर्दोष दुई सैनिकको हकमा के हुन्छ ?

काठमाडौँ । साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सेनाको समरी जनरल सैनिक अदालतले जन्मकैद गर्ने फैसला गरेको छ । 

कर्तव्य ज्यान, बैङ्किङ कसुर र हात हतियार खरखजाना मुद्दामा संलग्न ढकाललाई सैन्य अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले महेन्द्र दल गणमा कार्यरत ढकाललाई बिहीबार २५ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनमा नै पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत फेला परेका थिए । प्रहरीको अनुसन्धानबाट कालिबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको खुलेको थियो ।

हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङबारे फैसला आउन बाँकी रहेको छ । 

प्रतिक्रिया दिनुहोस