काठमाडौं । दार्चुलाको तुइन घटनाको विषयमा नेपालले तयार पारेको प्रतिवेदनलाईलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भएको हुनाले त्यसबारेमा आफ्नो कुनै टिप्पणी नभएको जनाएको छ ।
दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर टोलीले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाइसकेको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले नेपालको आन्तरिक प्रतिवेदनप्रति कुनै टिप्पणी नगर्ने र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी त्यस विषयमा नभएको प्रतिक्रिया दिए । उनले घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोपमात्र भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १७ : ३५
लेखकबाट थप