सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा एमालेको रिट दर्ता

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १६ : २८
सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा एमालेको रिट दर्ता

काठमाडौं ।  नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा र विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको छ ।

एमालेले पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेको भन्दै सर्वोच्चमा जाने निर्णय गरेको हो । सभामुखले कारबाही नहुने भनी गरेको निर्णय कानुनविपरीत रहेको भन्दै एमाले सर्वोच्चमा जाने निर्णय गरेको हो ।

झलनाथको वारेसनामा स्वीकारेको विषयलाई पनि बदर हुनुपर्ने रिट निवेदनमा एमालेले माग गरेको छ । यसैगरी दोस्रो रिट निवेदनमा ३९ जना सांसदहरु मात्रै भएको अवस्थामा निर्वाचन आयोगले ५५ जना सांसदको सनाखत गरी नेकपा एकीकृत समाजवादी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्नुपर्ने एमालेको माग छ ।

एमालेले दर्ता गराएको तेस्रो रिट निवेदनमा लुम्बिनी प्रदेशका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगर्ने निर्णयविरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस