निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाँदै एमाले

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १३ : ०६
निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाँदै एमाले

काठमाडौं । पार्टीको कारवाहीमा परेका सांसदहरुलाई दलको मान्यता प्रदान गरेपछि नेकपा एमाले निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध आज बुधबार सर्वोच्च अदालत जाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिउँसो सर्वोच्चमा गएर मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताएका छन् ।

उनका अनुसार अहिले मुद्दाको सम्बन्धी सबै कामकारवाहीको अन्तिम रुप दिने काम भइरहेको छ । एमालेले भदौ १ गते पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो । तर, तिनै कारवाहीमा परेका १४ सहित अन्य सांसद र केन्द्रीय सदस्यहरु मिलेर दल दर्ता गरेका थिए ।

पार्टीले कारवाही गरेकाहरुलाई आयोगले दल दर्ता र मान्यता दिन नहुने भनिए पनि आयोगले स्विकृति दिएपछि एमाले आज आयोगको निर्णयविरुद्ध अदालत जान लागेको हो ।

पार्टीबाट कारवाही परेका १४ सांसदसहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुले हस्ताक्षर सनाखत गरेर नेकपा ९एकीकृत समाजवादी० दलको मान्यता प्रदान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस