फेससिल्ड हटाउने वायुसेवा कम्पनीको निर्णय

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, ०८ : ४५
फेससिल्ड हटाउने वायुसेवा कम्पनीको निर्णय

काठमाडौं । आन्तरिक वायुसेवा प्रदायकहरूले  यात्रुहरूलाई  उपलब्ध  गराउँदै आएको   फेससिल्ड   बुधबारदेखि   हटाउने भएका छन ।

विश्वमा    अन्य    कुनै    वायुसेवाले फेससिल्ड  अनिवार्य  नगरेको  र  सुरक्षित तवरले  मास्क  लगाएको  खण्डमा  सुरक्षित रहन   सकिन्छ   भन्ने   पुष्टि   भइसकेको अवस्थामा   वायुसेवा   सञ्चालक   सङ्घले विज्ञप्ति जारी गर्दै फेससिल्ड हटाउने घोषणा गरेको जनाएको छ । 

सङ्घले नेपाली यात्रुहरूलाई मास्कसँगै  फेससिल्डको  प्रयोगले  असहजता सिर्जना  गर्नुका  साथै  प्रयोगमा  आइसकेका फेससिल्डहरू विमानस्थलहरूमा  जथाभावी फाल्दा    असुरक्षित    भई    वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ । बुधबारदेखि  यात्रुलाई  अनिवार्य  रूपमा मास्कको  प्रयोगलाई  नै  प्राथमिकता  दिएर यात्रा गराउने पनि सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस