काठमाडौँ । इलाका प्रहरी कार्यालय, बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु प्रकरण छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका वडा ४ स्थित इलाका प्रहरी कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिएर तनहुँ म्याग्दे गाउँपालिका घर भएका वाग्लेको मृत्यु भएको थियो ।
मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले मोटरसाइकल चालक दिपेन्द्र पुन र मृतक कपिल वाग्लेको असावधानीका कारण घटना भएको निष्कर्ष निकालेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, २० : ५१
लेखकबाट थप