पोखराबाट १४ जना जुवाडे पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १६ : १३
पोखराबाट १४ जना जुवाडे पक्राउ

काठमाडौं । पोखराबाट १४ जना जुवाडे पक्राउ गरेका छन् । पोखरा–७ घारीपाटन, राधाकृष्ण मार्गस्थित ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा वडाप्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको प्रहीले जनाएको छ ।

यसैगरी पोखरा–१५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार –८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस