वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा, ११ सांसदले रोजे एकीकृत समाजवादी

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १५ : ३४
वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा, ११ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित ११ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् ।उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

एमालेका ५६जनामध्ये ११ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

नेकपा एस रोजेनेहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन । 

प्रतिक्रिया दिनुहोस