पाँच दलीय सत्तारुढ गठबन्धनको छलफल, यस्तो भयो निर्णय

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, ११ : ४३
पाँच दलीय सत्तारुढ गठबन्धनको छलफल, यस्तो भयो निर्णय

काठमाडौं । गठबन्धन सरकारले बजेट सच्याउने भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८र०७९ को बजेट सच्चाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । गठबन्धनका नेताहरुले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक भएको र चाँडै प्रक्रिया थाल्ने जनाएको बुझिएको छ ।

त्यस्तै बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले जानकारी दिए । ‘बजेट सच्चाउने र मन्त्रिमण्डललाई पूर्णता दिने बारेमा छलफल भयो ।

सम्भवत : बुधबार मन्त्रिमण्डलले पूर्णता पाउँछ’ बैठकपछि पौडेलले भने, ‘कोभिड नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न हामीले सुझाव दिइएका छौ ।’ साथै बैठकमा बुटवल–नारायणगढ सडकको तत्काल स्तरोन्नती गर्न पनि सरकारलाई गठबन्धन दलले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस