पाँच दलीय सत्तारुढ गठबन्धनको छलफल, कुन पार्टीले कति मन्त्रालय लिने भन्ने विषयमा कुराकानी

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, १० : ५९
पाँच दलीय सत्तारुढ गठबन्धनको छलफल, कुन पार्टीले कति मन्त्रालय लिने भन्ने विषयमा कुराकानी

काठमाडौँ । मन्त्रिमण्डल विस्तार गर्नको लागि बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच बैठक भएको हो।

आजको छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पनि सहभागी छन्। नेपाली कांग्रेसबाट सभापतिसमेत रहेका देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी छन्।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन्। जसपाबाट अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष नेपाल र राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी छन्।

बैठक आज बिहान ९ः ३० बजेदेखि जारी छ। कुन दलले कति मन्त्रालय र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा छलफल भइरहेको छ । सरकारमा गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक अरू दल सहभागी हुने बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस