काँग्रेस नेता मोहम्मद आफताव आलम मुद्दाको आज सुनुवाई हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, ११ : ०८
काँग्रेस नेता मोहम्मद आफताव आलम मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ ।
न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

आलमको सोही निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस