भारतीय पक्षले ३ अर्ब ५० करोडमा बेच्यो पोखराको मणिपाल कलेज

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १७ : ०१
भारतीय पक्षले ३ अर्ब ५० करोडमा बेच्यो पोखराको मणिपाल कलेज

पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल ३ अर्ब ५० करोडमा बिक्री गरेको छ ।

२०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको भारतीय पक्षले पोखराकै व्यवसायीलाई विक्री गरेका हुन् । हस्तान्तरणको म्याद नसकिँदै भारतीय लगानीकर्ताले मणिपाल बेचेका हुन् । 

उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज खरिद बिक्रीसम्बन्धी अन्तिम सम्झौता भोलि शुक्रबार हुनेछ । कलेजमा ६० प्रतिशत बतास र ४० प्रतिशत अटोवेज समूहले लगानी गरेका छन् ।

४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले ९ सय शय्याको अस्पतालको अनुमति लिएको छ । अस्पतालले आफ्नो स्वामित्व बाहेक पनि १०० रोपनी जग्गा लिजमा लिएको छ । मेडिकल कलेजमा अहिले १ सय विद्यार्थीले एमबीबीएस अध्ययन गरिरहेका छन् । मणिपाल नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालनमा आएको शिक्षण अस्पताल हो । 

प्रतिक्रिया दिनुहोस