काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल फुटाउन धोकापूर्ण ढंगले अध्यादेश ल्याएको आरोप लगाएका छन ।बुधबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताए ।
आफूले सांसदलाई दिएको अधिकार व्यावहारिक ढंगले हल गर्न अध्यादेश ल्याएको बताए। उनले भने, ‘म प्रधानमन्त्री हुँदा पनि अध्यादेश आएको थियो । १२ बजे अन्त्य गर्ने र भोलिपल्ट बिहान अध्यादेश ल्याउने काम मेरो सरकारले गरेको थिएन, सांसदलाई दिएको अधिकार व्यावहारिक ढंगले हल गर्न अध्यादेश ल्याएको थिएँ ।’
अध्यादेश आफैंमा असंवैधानिक नभए पनि नियत गलत रहेको ओलीको टिप्पणी थियो । उनले भने, ‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ । पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ भदौ २०७८, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)