माधव समूहलाई ओलीको आग्रह- 'मूल घरमा फर्किनुस्,कुनै पूर्वाग्रह राख्दिनँ '

सफल खबर संवाददाता

बुधबार, ०९ भदौ २०७८, १२ : ५७
माधव समूहलाई ओलीको आग्रह- 'मूल घरमा फर्किनुस्,कुनै पूर्वाग्रह राख्दिनँ '

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन । च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले माधव समूहलाई मूल धरमा फर्कन आग्रह गरे ।

अहिले प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु सनखतका लागि निर्वाचन आयोग पुगेका छन् भने एमालेले च्यासलमा पत्रकार सम्मेल गरिहेको छ ।

पत्रकार सम्मेलनमा ओलीले जारी गरेको प्रेस वक्तव्य एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सुनाएका थिए । वक्तव्यमा भनिएको छ– ‘तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’

प्रतिक्रिया दिनुहोस