१४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा

सफल खबर संवाददाता

बुधबार, ०९ भदौ २०७८, ११ : ४१
१४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा पुगेका छन् ।

१४ जनालाई किन कारबाही नगरेको भनेर सोध्न आएको एमाले नेता रामबीर मानन्धरले बताए ।सभामुख अग्नि सापकोटा पनि कार्यकक्षमा छैनन् । मंगलबार दाँतको माइनर सर्जरी गरेका उनी निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

सभामुखको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायत छन् ।माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्र एमालेले संसद सचिवालयमा बुझाएको छ ।

तर अहिलेसम्म पनि सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले नेताहरुले दबाब दिंदै आएका छन् । यसअघि पनि एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेर दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस