सेयर विवादमा मुछिएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दिए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १७ : ४०
सेयर  विवादमा मुछिएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले प्रेस विज्ञप्ति निकालेर राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आज साँझ ५ बजे नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिएको जानकारी दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित सीईओ साउद सेयर खरिद प्रकरणमा मुछिएका छन् । यसको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले ढुङ्गानासहित साउदलाई स्पष्टीकरण सोधिसकेको छ । यद्यपि, हालसम्म मन्त्रालयले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ पाइसकेको छैन ।

मन्त्रालयलाई चित्त बुझ्दो जवाफ नदिए पनि साउदले आफ्नो गल्ती सुधार गर्दै राजीनामा दिएका हुन् । खासगरी, साउद ‘बुक बिल्डिङ’मा साधारण सेयर (आईपीओ) सार्वजनिक गर्ने निर्णय गरेपछि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस