एमालेको स्थायी कमिटि बैठक बस्दै, १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुने

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, ०९ : ३०
एमालेको स्थायी कमिटि बैठक बस्दै, १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्दैछ ।  माधव  नेपालको साथ छोडेर मध्यमार्गी बनेका नेतासहितको उपस्थितीमा बैठक बस्न लागेको हो ।  बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने  बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ ।

१० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्न उपाध्यक्ष भीम रावल, महासिचव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ ।
असार २७ मा कार्यदलले तयार पारेको १० बुँदे सहमितलाई एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीले यसअघि नै अनुमोदन गरिसकेको छ ।

माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएर अघि बढेपछि उनलाई दोस्रो तहका नेताहरुले साथ दिएका छैनन् । उनलाई साथ नदिएका ९ स्थायी कमिटी सदस्य, केही सांसद र केन्द्रीय सदस्यसहित ५७ जना मध्यमार्गी धारमा रहेको बताइन्छ ।

सोमबार अध्यक्ष ओलीसँग बालकोटमा भएको करिव ३ घण्टाको वार्तापछि दोस्रो तहका नेताहरुले नेपाललाई साथ दिन नसिकने र १० बुँदे कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले उक्त आग्रह स्वीकार गर्दै आजै स्थायी कमिटीबाट एकताको आह्वान गर्न अपील जारी गर्ने तयारी पनि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस