क्रान्तिकारी पत्रकार चितवनको अध्यक्षमा न्यौपाने

मंगलबार, ०४ बैशाख २०७५, १४ : ०१
क्रान्तिकारी पत्रकार चितवनको अध्यक्षमा न्यौपाने

चितवन । क्रान्तिकारी पत्रकार संगठन चितवनको दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार भरतपुरमा आयोजित जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा नौं सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा बासुदेव आचार्यलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा सुशन पौडेल, रेश्मी चौधरी, सुमन श्रेष्ठ, अम्बिका पाठक, विनिशा गुरुङ रहेका छन् । सम्मेलनले डा. महेशकुमार गजुरेल र संगठनका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाललाई सल्लाहकारमा चयन गरेको छ ।
सम्मेलनमा क्रान्तिकारी पत्रकार संगठनको केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल, अधिवक्ता गंगाबहादुर कोइराला, डा. महेशकुमार गजुरेललगायतको उपस्थिति रहेको थियो । सम्मेलनले दुईजना सदस्य पछि थप गर्नेसमेत निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस