मिल्न बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा, बैशाख ९ गते पार्टी एकता नहुने निश्चित

मंगलबार, ०४ बैशाख २०७५, १२ : ५९
मिल्न बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा, बैशाख ९ गते पार्टी एकता नहुने निश्चित

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  आजको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने निश्चित भएको छ । -रासस

प्रतिक्रिया दिनुहोस