प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुनेः देउवा

मंगलबार, ०४ बैशाख २०७५, १२ : ०८
प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुनेः देउवा

हेटौँडा : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश ३ को राजधानी हेटौ‌ँडा नै हुने बताएका छन्। राजधानी हेटौँडा नै कायम गर्न मागसहितको ज्ञापनपत्र बुझ्दै देउवाले आफू प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै अब फेरबदल नहुने बताए।
हेटौँडा राजधानी बनाउन कांग्रेस सकारात्मक रहेको भन्दै देउवाले अन्य दलसँग पनि पहल थाल्न सुझाव दिए। देउवालाई मकवानपुरका राजनीतिक एवं आर्थिक क्षेत्रको टोलीले मंगलबार ज्ञापनपत्र बुझाएको थियो। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देउवालाई प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त हुने आधारसहितको ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्र बुझाउन मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल लगायतको टोली पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस