चितवन । कालिका नगरपालिमा चैत १२ गतेदेखि आयोजना गरिएको क्षमता अभिवृद्धी मूलुक नगर स्तरिय उद्घोषण तालिम सोमवार सकिएको छ । नगरपालिका अन्तर्गत ११ वटा वडालाई लक्षित गरेर तालिम आयोजना गरिएको थियो । वडा नं. ६ को खोलेसिमलवाट सुरुभएको तालिम वडा नं. १० को सिद्धीमा पुगेर समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै वडा नं. ११ का वडा अध्यक्ष कृष्णवहादुर प्रजाले बोल्नेकलाको विकास नभए सम्म आदिवासी जनजाति समुदायको विकास हुन नसक्ने बताउनुभयो । पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायका अगुवाहरुलाई यस्ता खालको तालिमले नेतृत्वकारी भूमिकामा आउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै वडा नं. १० का वडा अध्यक्ष डिलवहादुर गुरुङले गाउँ – गाउँमा यस्ता खालका क्षमता अभिवृद्धि मूलक कार्यक्रम संचालन गरेपछि मात्रै स्थानीयमा जागरुकता आउने तर्क गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ कालिका नगर समन्वय परिषदका अध्यक्ष होमवहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सहभागीको तर्फवाट दुर्गा तामाङ, सुनिता तामाङ (श्रेष्ठ ) लगायतले तालिममा सिकेका अनुभव सुनाएका थिए । वडा नं. १० र ११ लाई लक्षित गरेर आयोजना गरिएको तालिममा ३० जना सहभागी थिए । यस अघि कालिकाको वडा नं. १, ४ र ५ को पदमपुर स्थित ढेडौली स्कुलमा तालिम आयोजना गरिएको थियो भने वडा नं. २ र ३ को पदपुर स्थ्ति वडा कार्यालयकै सभाहलमा तालिम आयोजना गरिएको थियो ।
यस्तै वडा नं. वडा नं. ८ र ९ को शक्तिखोर स्थित छेपेढाप आधारभूत निमाविमा तालिम संचालन गरिएको थियो । यस्तै वडा नं. ६ र ७ को भने जुटपानी स्थित वडा नं. ६ को सभाहलमा तालिम आयोजना गरिएको जनजाति महासंघ नगर समन्वय परिषदका उपाध्यक्ष इच्छाराम सुनारले जानकारी दिनुभयो । तालिममा पत्रकार सन्तकुमार चौधरी, राधेश्याम खतिवडा, शिशिर सिंखडा, राजु चौधरी, सविता श्रेष्ठ, मनिषा तिमिल्सीना, ज्ञानेन्द्र तामाङ, सविता दराई लगायतले सहजिकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस