नेता भट्टराईकी आमाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १३ : २७
नेता भट्टराईकी आमाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौँ । एमाले सचिव योगेश भट्टराईकी आमा महेन्द्रादेवीको निधनप्रति एमालेले दुःख व्यक्त गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार महेन्द्रादेवीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखित बनाएको बताएका छन्।

उनलेको शनिबार ९५ वर्षको उमेरमा निधन भएको थियो। अध्यक्ष ओलीले भनेका छन्, ‘यस दुखद घडीमा हाम्रो पार्टी दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न कमरेड योगेश भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।’

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन्। महेन्द्रादेवीको आइतबार अन्त्यष्टि गएिको छ।

 

प्रतिक्रिया दिनुहोस