काठमाडौँ । नेकपा एमाले माधव समूहका नेता सोमप्रसाद पाण्डले आफ्नो समूहले नयाँ पार्टी खोल्ने सम्भावना नरहेको बताएका छन् ।
‘पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । हामीले एकताकै पक्षमा छलफल गरेका छौ’, केन्द्रीय समिति बैठकपछि नेता पाण्डेले भने, ‘अहिले पार्टीमा दुईवटा ग्रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’
उनले बैठकमा सरकारमा जाने नजानेबारे प्रश्नहरू उठे पनि तत्काल आफ्नो समूह सरकारमा जान कानुनी समस्या रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, १५ : २७
लेखकबाट थप