काठमाडौं । गत आर्थिक वर्ष २०७७ र ७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६र७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो ।
परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ ।
कोरोना महामारी तथा मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । आव २०७५र७६ मा साढे ३४ अर्ब रुपैयाँको भन्दा बढी सुनको आयात भएको थियो । आव २०७४र७५ मा १३ अर्ब ४६ करोड रुपैयाँमा झरेको थियो ।
तर, गत आवमा भने सुनको आयात दोब्बर मात्रामा बढेको छ । यद्यपि, यो आव २०७५र७६ को तुलनामा भने कम नै हो । आर्थिक अभियानमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ साउन २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ किलो सुनसहित रसुवाबाट एकजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ
धनतेरसकै दिन सुनको मूल्यमा उच्च वृद्धि
सुनको मूल्य बढ्यो, तोलामा १ लाख ६६ हजार नजिक
आजपनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो