आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी दोब्बर बन्यो

पत्रपत्रिकाबाट

बुधबार, ०६ साउन २०७८, ०८ : १६
आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी दोब्बर बन्यो

काठमाडौं ।  कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६-०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७-०७८ मा ८ खर्ब १८ अर्ब कर्जा वृद्धि भएको छ ।

गत आर्थिक वर्षसम्ममा बैंकहरुको कुल कर्जा ३७ खर्ब २१ अर्ब पुगेको छ । यसैगरी गत आवमा वाणिज्य बैंकहरुको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँले वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस