काठमाडौं । केपी ओली नेतृत्वको सरकारले जाँदा जाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। तीनपटकसम्म बढुवा सिफारिश समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ।
गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इञ्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। साथै उक्त बैठकले खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन पनि गरेको छ। खनाल अवकाशको संघारमा छन्। करिब दुई महिनापछि ५८ वर्ष उमेर हदको कारण अवकाश लिने भएका छन्।
सहसचिवबाट सचिव भई अवकाश पाउँदा पेन्सन सुविधामा फरक पर्छ। यसबाट राज्यको व्ययभार पनि केही बढ्छ। बढुवा सिफारिश समितिले पहिलो नम्बरमा गोपाल सिग्देल, दोस्रो नम्बरमा राजेन्द्रप्रसाद खनाल, तथा तेस्रो नम्बरमा सुर्जकुमार वैद्यको नाम सिफारिश गरेको थियो। तर ओली सरकारले दोस्रो नम्बरमा सिफारिश गरिएका खनाललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको खबर नागरिक दैनिकमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ असार २०७८, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट