काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो ।
अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले बनाउनेछन् । विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सोमवार ठेक्का निकालेको हो ।
फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारण खालको ३५ मीटरको पुल बनाउने भएको र त्यसका लागि नेपाली कम्पनीहरू नै सक्षम भएकाले यस्तो ठेक्का निकालिएको केन्द्रका निर्देशक डा।विजय जैशीले जानकारी दिए ।
योजना, डिजाइनदेखि निर्माण सम्पन्न अर्थात् इन्जिनीयरिङ प्रक्युरमेन्न्ट कन्स्ट्रक्शन (ईपीसी) ढाँचामा निर्माण गरिने उक्त फ्लाइओभर ठेक्का पाउने कम्पनीले उक्त अवधिभित्र बनाइसक्नुपर्नेछ । आर्थिक अभियानमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ असार २०७८, ०८ : २०
लेखकबाट थप