सुजिता भण्डारी मृत्यु प्रकरण : पोष्टमार्टमबाट खुलेन मृत्युको कारण

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १४ : ०२
सुजिता भण्डारी मृत्यु प्रकरण : पोष्टमार्टमबाट खुलेन मृत्युको कारण

चितवन। जंगलमा मृत भेटिएकी चितवनकी सुजिता भण्डारीको मृत्युको कोरण खुल्न नसकेको प्रहरीले जनाएको छ ।पोष्टमार्ट रिपोर्टले मृत्युको कारण पत्ता लगाउन नसकेपनि उनको चोटपटकको कारणले भने मृत्यु नभएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्युको कारण स्पष्ट नभएकोले मृतकको भिसेरा जाँच गर्ने तयारी भइरहेको बताइएको छ । परिवारबाट सम्पर्कविहीन भएको १० दिनपछि जंगलमा मृत भेटिएकी सुजिताको शव नजिक धानबालीमा लगाइने विषको बट्टा पाइएकोले उनले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने पनि अनुशन्धानमा खटिएका प्रहरी अधिकृतहरुको अनुमान छ । यद्यपि सो कुरा पुष्टि भने भइसकेको छैन ।

बलात्कार पछि हत्या गरिएको हो कि भन्ने शंकाबारेको अध्यायनमा पनि मेल नखाएको प्रहरीको भनाइ छ । मृतकको योनी परीक्षणका क्रममा जबरजस्ती करणी भएको आधार रिपोर्टमा नपाइएको चिकित्सकहरुले बताएका छन् ।

सुजिताको मृत्युकोको कारण फरेन्सी रिपोर्ट पछि पत्ता लाग्ने प्रहरी अधिकारीहरुको भनाइ छ । त्यसबाहेक अन्य कोणबाट पनि घटनाको सम्बन्धमा सुष्म अध्यान अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

सुजिता भण्डारीको शव आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा झाडिमा अड्कीएको अवस्थामा भेटिएको थियो ।


 

प्रतिक्रिया दिनुहोस