सुजिता भण्डारी हत्याकाण्ड

प्रदर्शन चर्काएपछि पूर्वीचितवनमा कर्फ्यु आदेश जारी

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, २१ : ०२
प्रदर्शन चर्काएपछि पूर्वीचितवनमा कर्फ्यु आदेश जारी

काठमाडौं । चितवनको राप्ती नगरपालिकाका स्थानीयले सुजिता भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो । पूर्वीचितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

भण्डारीको हत्या भएको भन्दै स्थानीयबासिन्दाले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई पक्राउ गर्न माग गरेका छन् । स्थानीयले बन्द गरेको सडक प्रहरीले खुलाउने क्रममा झडपसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस