योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ : उपप्रधानमन्त्री पौडेल

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, १३ : ०१
योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले श्रमको चरित्र बदलिएसँगै स्वस्थ जीवन र स्वस्थ मनका लागि योगको नियमित अभ्यासको महत्व अझ बढेर गएको बताएका छन ।सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका उनले  प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय योगको महत्व विश्वव्यापी रुपमा स्थापित हुनु नेपाल र नेपालीका लागि गौरवको विषय रहेको पौडेलको भनाइ थियो । योगलाई विश्वस्तरमा स्थापित गर्न स्वामी रामदेव र आचार्य बालकृष्णले गर्नुभएको योगदानको उनले प्रशंसा गरे । 

कार्यक्रममा पतञ्७शधवसजलि योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले अन्तर्राष्ट्रिय योग प्रोटोकलको अभ्यास गराएका छन् । कार्यक्रममा जुम प्रविधिबाट योग अभ्याससमेत गराइएको थियो । योगबाट समस्त मानवजातिलाई लाभान्वित तुल्याउँदै आयुर्वेदको उपयोगितालाई अझ विस्तारित गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस