घनले हानेर गोरु मारेको आरोपमा दुई बालकसहित ३ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १३ : ३३
घनले हानेर गोरु मारेको आरोपमा दुई बालकसहित ३ जना पक्राउ

गुल्मी । प्रहरीले गोरु मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । मालिका गाउँपालिका वडा नम्वर–२ , पाटा खर्कमा स्थानीय  युवराज बोहराको गोठमा बाँधिएका एक हल गोरु घनले हानेर मारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाटाखर्क कै १९ वर्षीय लोकेन्द्र बोहरा र नाम गोप्य राखिएका दुई बालकसहित ३ जना पक्राउ परेका हुन् ।

जेठ १६ गते घनले हानेर गोरु मारी पेट चिरेर पित्त झिकेको आरोपमा दुई बालकसहित ३ जनालाई पक्राउ गरि ल्याउँदै गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी  दिए । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस