मतगणना जारी, काँग्रेसका उम्मेदवारको अग्रता

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, १६ : १२
मतगणना जारी, काँग्रेसका उम्मेदवारको अग्रता

बुटवल । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचन अनुसार जारी मतगणनामा काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । हालसम्म स्थानीय तहतर्फ २१२ मत गन्दा एक मत बदर भएको छ ।

जसमा ११८ मत काँग्रेसका उम्मेदवारको पक्षमा आएको छ भने एमाले उम्मेदवारको पक्षमा ९३ मत प्राप्त भएको छ । जसअनुसार काँग्रेसका उम्मेदवारले २१२४ मत भार पाएका छन् भने एमालेका उम्मेदवारले १६७४ मत भार पाएका छन् ।नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस