‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ को सम्पुर्ण तयारी पुरा

विहीबार, २२ चैत्र २०७४, १७ : १४
‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ को सम्पुर्ण तयारी पुरा

चितवन : ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ सम्पुर्ण तयारी पुरा भएको छ । प्रदर्शनी भोली (शुक्रबार) चितवन एक्सो सेन्टरमा शुरु हुदैछ । प्रदर्शनीको प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्ने कार्यक्रम छ । स्थानीय उद्योग र उत्पादनको प्रबद्र्धन गर्ने उदेश्यका साथ चितवनको भरतपुरमा हुन लागेको प्रदर्शनी चैत्र २७ गतेसम्म चल्ने छ ।

चितवन उद्योग संघ भरतपुरको परिसरमा आयोजनामा हुने प्रदर्शनीको सम्पुर्ण तयारी पुरा भएको प्रदर्शनीका प्रचारप्रसार संयोजक मदन घिमिरेले जानकारी दिनुभयो । प्रदर्शनीमा २ सय बढी स्टल रहने छन् । औद्योगिक प्रर्दशनीले नयांँ उद्यमी र यहांँ रहेका उद्यमीहरुलाई सक्षम बनाउन टेवा पुग्नेमा आयोजकले विश्वास लिएको छ । प्रर्दशनीमा झण्डै १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको मुल आयोजक समितिका संयोजक भेषराज दुवाडीले बताउनुभयो । प्रर्दशनीमा ८५ प्रतिशत औद्योगिक सामान, उपकरण र १५ प्रतिशत स्थानीय कृषि उत्पादनका स्टलहरु रहने उद्योग संघले जनाएको छ ।

‘दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको प्रदर्शनीमा कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधि लगायतका स्टलहरु रहने छन् ।
प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रबद्र्धन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवद्र्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस