एनआईसी एशिया बैंकको भारतबाट इनवार्ड रेमिटेन्स सेवा सुरु हुँदै

बुधबार, २१ चैत्र २०७४, १९ : ०१
एनआईसी एशिया बैंकको भारतबाट इनवार्ड रेमिटेन्स सेवा सुरु  हुँदै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । 
बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो । 

उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतमा अवस्थित ३,५०० भन्दा बढि शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्ने छन् ।  

प्रतिक्रिया दिनुहोस