आफ्नै नातिनी करणी गर्ने हजुरबुवा पक्राउ

बुधबार, २१ चैत्र २०७४, १५ : ५१
आफ्नै नातिनी करणी गर्ने हजुरबुवा पक्राउ

 पाँचथर ।  आफ्नै सहोदर नातिनीलाई करणी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ बर्षीय राम बहादुर (नाम परिर्वतन) आफ्नै सहोदर १२ बर्षिया नातिनीलाई ४ महिना देखि गतेदेखि जबरजस्ती करणी गरी गर्दै आइरेहको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस