स्थिति सार्वजनिक गर्न माग

बुधबार, २१ चैत्र २०७४, १४ : ०२
स्थिति सार्वजनिक गर्न माग

चितवन ।  अखिल (क्रान्तिकारी) चितवनले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका जिल्ला सह–सचिव सुदीप पौडेललाई प्रहरी प्रशासनले अपहरण शैलीमा गिरफ्तार गरी हालसम्म पनि अवस्था सार्वजनिक नगरी हिरासतमा राखेको भन्दै विरोध जनाएको छ । 
विना कारण सोधपुछको लागि भन्दै गत आइतबार सप्तगण्डकी बहुमुखी क्याम्पस परिसरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको भएपछि हालसम्म पौडेलको स्थिति सार्वजनिक नगरिएको भन्दै पश्चिम ताम्सालिङ क्षेत्रीय समन्वय समितिका संयोजक बद्री अधिकारीले विज्ञप्ति जारी गरी तत्काल विना शर्त रिहाईको माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ “राज्यको विचार र आस्था राखेकै कारण निर्दोष नागरिक अपहरणको शैली सच्याउन र गिरफ्तार गरिएका क. सुदीप पौडेललाई विनाशर्त रिहाईको माग गर्दछौं ।”
त्यसैगरी विज्ञप्तिमा “यदि राज्य जबर्जस्त बन्ने हो र तानाशाही दिशातिर उन्मुख हुने हो भने हामी निर्ममतापूर्वक आन्दोलनमा उत्रिन वाध्य हुनेछौं” भन्दै राज्य आतंक तुरुन्द बन्द गर्न समेत विज्ञप्तिमा जोडदार माग गरिएको छ ।
केपी ओली नेतृत्वको वर्तमान वामगठबन्धन सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि विना कारण धरपकड गरी राज्य आतंक मच्चाउनुका साथै सर्वसाधारणलाई आतंकित समेत तुल्याएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । सरकारले कुनैपनि सर्वसाधारण जनतालाई राजनीतिक दलीय आस्थाको आधारमा धरपडक गरी विभिन्न अपराधिक मुद्दा लगाउने गरेको प्रति नेकपाले विरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस