एमाले नेता जेपी भेटवलको निधन

बुधबार, २१ चैत्र २०७४, १३ : ३६
एमाले नेता जेपी भेटवलको निधन

चितवन : नेकपा एमालेको केन्द्रिय लेखा आयोगका सदस्य तथा पुर्व साँसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ ।क्यान्सर रोगबाट पिडित भेटवालको काठमाडौको विर अस्पतालमा उपचारका क्रममा केहीबेर अघि निधन भएको नेकपा एमाले चितवनका पुर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमालेका पुराना नेता भेटवाल २०६२ सालमा विरामी भएपछि उपचार गर्दा २०६३ सालमा उहाँलाई क्यान्सर भएको पुष्टि भएको थियो ।

उहाँ प्रोष्टेटको क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । पछिल्लो समयमा शरिरका विभिन्न अंगमा क्यान्सर फैलिएपछि विगत डेढ महिनादेखि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

शुरुमा उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएपनि पछि उहाँलाई विर अस्पतालमा सारिएको थियो । क्यान्सर रोग लागेपनि उहाँ कसैलाई हतोत्सायी नहुने र साहस बटुल्न प्रेरणा दिने खालको नेता हुनुहुन्थ्यो ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ भण्डाराका उहाँको श्रीमती, दुई छोरी र एक छोरा रहेको एमाले प्रदेश नम्बर ३ का सदस्य कृष्ण खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस