पुराना सम्झौता कार्यान्वयनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुको सुझाव

बुधबार, २१ चैत्र २०७४, १३ : २७
पुराना सम्झौता कार्यान्वयनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुको सुझाव

काठमाडौँ : प्रधानमन्त्री केपीशर्मा ओलीलाई पुराना सम्झौता कार्यान्वयनलाई प्राथमिकतामा राख्न पूर्वप्रधानमन्त्रीले सुझाव दिएका छन् । भारत भ्रमण अघि प्रधानमन्त्री ओलीसँगको छलफलमा पूर्वप्रधानमन्त्रीले पुराना सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीले नेपाल-भारतको आर्थिक पाटोमा समेत छलफल गर्न सुझाएका छन् । उनीहरुले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण सुखद रहने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले दुई देशका बीचमा कार्यान्वयन गर्न बाँकी रहेका र भविष्यमा परिमार्जन गर्नुपर्ने विदेश नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गर्नुभएको थियो ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द, माधव नेपाल, खिलराज रेग्मी, लगायत सहभागी हुनुहुन्थ्यो । यस्तै प्रधानमन्त्रीसँगको छलफलमा नेपाल–भारत प्रवुद्ध समूह इपीजीका सदस्यहरु समेत सहभागी थिए । प्रधानमन्त्री ओली शुक्रबार भारतको ३ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस