एमाले माओवादी एकता वैशाख ९ मा गर्नेबारे छलफल

मंगलबार, २० चैत्र २०७४, १९ : २९
एमाले माओवादी एकता वैशाख ९ मा गर्नेबारे छलफल

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेका छन् ।
आजको बैठकमा राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले आफ्ना प्रतिवेदन बुझाएको छ ।
समितिको बैठकमा कार्यदलले टुंगाउन नसकेका तीन विषयको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको थियो ।
तर, आज विवादीत विषयमा कुनै पनि छलफल नभएको संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
 नेपालमा अपि्रल २२ तारेखलाई कम्युनिष्ट पार्टीको स्थापना दिवसको रुपमा मनाइन्छ ।
त्यसै दिन पार्टी एकता घोषणा गर्ने वा अर्कै दिन गर्ने भन्ने विषयमा पार्टी एकता संयोजन समितिले निर्णय गर्ने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
प्रतिवेदन बुझाएपछि दुबै कार्यदल विघटन भएको नेता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस